चितवन, चैत्र ९ : प्रधानमन्त्रीले सिधै सेना परिचालन गर्न पाउने उल्लेख गरेर ल्याइन लागेको विधेयक नेपाली कांग्रेसले स्विकार नर्गने नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले बताएका छन् ।
नेपाली कांग्रेस रत्ननगर नगर कार्यसमितिद्वारा चितवनको टाँडीमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य कोइरालाले प्रधानमन्त्रीले सिधै सेना परिचालन गर्ने विधयक पास भएको दिनबाट लोकतन्त्र समाप्तिको बाटोतर्फ लाग्ने दाबी समेत गरे ।
संसद्मा दर्ता भएको विधेयकमा सुरक्षा परिषदको सिफारिस बिना नै प्रधानमन्त्रीले सिधै सेना परिचालन गर्न सक्ने कुरा उल्लेख छ । उनले सो कुरा कांग्रेसले कुनै स्विकार नर्गे बताएका हुन् । उनले भने लोकतन्त्र विरोधी र निरंकुशताको पक्षपोषण गर्ने यो विधेयलाई कुनै रुपमा स्विकार्न सकिँन्न ।
प्रधानमन्त्री शक्तिको भोको भएकाले राज्यका महत्त्वपूर्ण सबै निकाय आफ्नो मातहतमा राखेको उनको आरोप छ । डा कोइरालाले ‘राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ले नेपाली सेनाको मनोबलसमेत घटाएको बताएका छन् । उनलले प्रधानमन्त्री शक्तिको भोका रहेको भन्दै सो विधेयक कांग्रेसले नस्विकार्ने बताएका हुन् ।