विप्लवका नेता हेमन्तप्रकाश ओलीसहित ८ पक्राउ

रिपोर्ट नेपाल | 2019 Mar 23 | 06:57 am 1982

काभ्रे, चैत्र ९ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीका प्रभावशाली नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन पक्राउ परेका छन् । शुक्रबार राति प्रहरीको विशेष ब्यूरो, महाशाखाको टोली र काभ्रे प्रहरीले काभ्रेबाट पक्राउ गरेकाे हाे ।

ओलीसहित विप्लव समूहका अन्य ८ नेता/कार्यकर्ता पनि पक्राउ परेकाे प्रहरीले जनाएकाे छ । पक्राउ पर्नेमा रामकृष्ण खतिवडा, शंकर अधिकारी, धर्मराज राजबाहक, विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्का रहेका छन् । पक्राउ परेका सबैलाई काभ्रेबाट काठमाडौं लगिँदै छ ।

ओली विप्लव नेतृत्वको पार्टीकाे मध्य केन्द्रीय कमाण्ड इन्चार्ज हुन् । ललितपुरमा एनसेल गेटमा बम विष्फोटमा एकजनाको ज्यान गएपछि प्रहरीले ओलीलाई ‘हिट लिस्ट’मा राखेको थियाे ।

ओली विप्वका विश्वासनीय नेता पनि हुन् । उनलाई पर्टीका कार्यकार्ताहरुले दोस्रो नम्बरका मानिएका नेता प्रकाण्डलाई भन्दा पनि बढी विश्वास गर्छन् ।

उक्त बम विष्फाेट नेता ओलीको निर्देशनमा भएको प्रहरीले निष्कर्ष निकालेको थियाे । नख्खु बम विस्फोटमा एकजनाको ज्यान गएको थियो भने दुईजना घाइते भएका थिए ।

खड्गबहादुर विश्वकर्मा, अनिल शर्मा विरही, धर्मेन्द्र वास्तोला, ओम पुन, सन्तोष बुढामगरको खोजी पनि तिव्र पारिएको बताइएको छ । विप्लव भने प्रहरीको फरार सूचीमै छन् ।

सुरक्षा निकायले देशभर विप्लव समूहविरुद्ध कडा निगरानी सुरु गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.