होली पर्वको अवसरमा अबान्छित गतिविधि ८४ जना गर्ने पक्राउ

रिपोर्ट नेपाल | 2019 Mar 20 | 08:03 pm 2324

काठमाडौं, चैत ६ : उपत्यकास्थित विभिन्न स्थानहरूमा होली पर्वको अवसरमा जवरजस्ती रंग दल्न खोज्ने, लोला हान्ने, पानी छ्याप्ने लगायत अबान्छित गतिविधिमा संलग्न ८४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंका विभिन्न स्थानबाट १ महिला र ४४ पुरुष गरी ४५ जना, ललितरपुरबाट ३५ जना पुरूष र भक्तपुरबाट ४ जना पुरूषलाई प्रहरीले पक्राउ गरेको छ ।

साथै महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको प्रहरीले ५ सय १५ मोटरसाइकल र ४ वटा गाडी नियन्त्रणमा लिएको छ भने महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले १७ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.