काठमाडौं, चैत्र ६ : आपसी सद्भाव र खुसी साटासाट गर्दै रंगको पर्व होली खेल्नु पर्नेमा नयाँबानेश्वर चोकमा होली खेल्नेबीच कुटाकुटा भएको छ । दुई समूहबीच विवाद बढ्दै गएपछि बोतल हानाहान भएको बुझिएको छ ।
हानहानका क्रममा स्प्राइटको बोतल लागेर एक जना घाइते भएका छन् । घाइते हुनेमा सौगात केसी रहेका छन् । समयमै प्रहरीको उपस्थितिले गर्दा घटनाले ठूलो मोड लिन पाएन । प्रहरीली एक जनालाई पक्राउ गरेको बुझिएको छ ।