नेपाल विरुद्ध श्रीलंका ४–० ले पराजित

रिपोर्ट नेपाल | 2019 Mar 20 | 01:22 pm 2248

काठमाडौँ, चैत्र ६ : वुमेन्स साफ च्याम्पियनसिप बुधबारको खेलमा नेपाली महिला राष्ट्रिय फुटबल टिमले श्रीलंकालाई ४–० ले पराजित गर्दै फाइनलमा पुगेको छ ।

नेपाली महिला राष्ट्रिय फुटबल टिम फाइनल पुगेका यो चौथो पल्ट हो। प्रतियोगिताका पाँच संस्करणमध्ये नेपाल एकै अवसरमा मात्र सेमिफाइनलमै रोकिएको थियो। यस खेलमा नेपाल गोल रहित फाइनल प्रवेश गरेका छन् । नेपाल अव शुक्रबार हुने फाइनलमा डिफेन्डिङ च्याम्पियन भारत अथवा बंगलादेशको सामना गर्नेछ।

आजको खेलमा नेपालका लागि पहिलो गोल पुनम जर्घामगरले गरेकी थिइन्। उनले ४२ औं मिनेटमा पेनाल्टी बक्सभित्र पाएको पासलाई नजिकको दूरीबाट गोल गरेकी हुन्।

दोस्रो गोल अनिता वस्नेतको नाममा ७३ औं मिनेटमा सम्भव भयो। त्यस्तै सावित्री भण्डारीले ८२ औ मिनेटमा हेडबाट तेस्रो गोल थपिन्। त्यसपछि रेखा पौडेलले ८६ औं मिनेटमा चौथो गोल गरिन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.