पोखरामा फेरी प्याराग्लाइडिङ दुर्घटना, दुई विदेशी घाइते

रिपोर्ट नेपाल | 2019 Mar 19 | 07:22 pm 2556

कास्की, चैत ५ : पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा परेको छ। पोखरा महानगरपालिका १८ स्थित सरांकोट डाँडाबाट उँडेर फेवातालको किनार खपौँदीमा ल्याण्ड गर्ने क्रममा चिनीया पाइलट एलेक्स वक्रियन र चिनिया मुलकै सिंगापुरका याङ गुङ जी घाइते भएका हुन् ।

खपौँदीमा ल्याण्ड गर्नेक्रममा विजुलीको तारमा अल्झेर उनीहरु दुर्घटनामा परेको प्रदेश प्रहरी प्रवक्ता गोविन्द पुरीले जानकारी दिए। उनीहरुको पोखराकै मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। पछिल्लो १५ दिन भित्र पोखरामा अत्यधिक प्याराग्लाइडिङ दुर्घटना भएका छन्।

सन्तोष अधिकारी अधिकारी थाहाखबरको पोखरा संवाददाता हुन्। उनी यसअघि थाहाखबरका लागि गोरखा संवाददाता थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.