जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Mar 19 | 02:02 pm 2196

काभ्रे, चैत ५ : जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मण्डनदेउपुर नगरपालिका–३ का २१ वर्षीय प्रकास दनुवार राईसमेत  गरी तीन जना रहेका छन् ।

उनीहरुलाई मंगलबा बिहान प्रहरीले पक्राउ गरेको बुझिएको छ । उनीहरुले सोही नगरपालिका वडा नम्बर–७ का १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको हो ।

गत आइतबार राति सोही नगरपालिकास्थित ईन्द्रावती नदीको बगरमा लगी बालिकालाई राईसमेत गरी ४ जनाले जबरजस्ती करणी गरेको भन्ने खबर मंगलबार बिहान प्राप्त हुनासाथ प्रहरी चौकी हिगुवापाटीबाट खटिएको प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

फरार अर्का एक अभियुक्तको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यकअनुसन्धान गरिरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.