सरकार र विद्रोहीलाई नागरिक संस्थाहरुको आग्रह

| 2019 Mar 18 | 01:35 pm 2239

काठमाडौँ, चैत ४ : विभिन्न नागरिक संघसंस्थाद्वारा नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लगायत अन्य असुन्तष्ट पक्षलाई विश्वासमा ल्याउँदै संवाद र समझदारीमार्फत समस्याको शान्तिपूर्ण समाधान खोज्न सरकारसँग आग्रह गरेका छन् ।

गैरसरकारी संस्था महासंघ नेपाल, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, मानवअधिकार एलाइन्स, काहुुराष्ट नेपाल र खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाललगायतका संघसंस्थाले आज सोमबार विज्ञप्ति जारी गरी विप्लव नेतृत्वको (नेकपा)को पछिल्लो पटकका गतिविधिले जनतामा त्रास फैलाएको भन्दै तत्काल वार्ताको माध्यमबाट समाधानका लागि आग्रह गरेका छन् ।

सरकारले नेत्रविक्रम चन्द नेतृत्वको (नेकपा)को गतिविधिमाथि प्रतिबन्ध लगाउने निणर्य गरे लगत्तै विद्रोह गर्ने समूहले प्रतिरोध गर्ने घोषणा गरेकोले नागरिकमा फेरि पनि मुलुक हिंसात्मक द्वन्द्वमा प्रवेश गर्ने हो कि भन्ने आशंका र त्रास बढेको जनाइएको छ ।

सरकार र विद्रोहीको यस्तो घोषणाले जनसमुदायमा त्रासको वातावरण सिर्जना गरेको छ । यस्ता प्रकारका त्रासको मनोविज्ञानले दिगो शान्ति कायम रहन सक्दैन र नागरिकको मानवअधिकारको संरक्षण तथा प्रवर्धन पनि हुन सक्दैन भन्दै विज्ञप्तिमा उल्लेख गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.