पोखरा, चैत २ : यहाँस्थित फेवातालमा एक विद्यार्थी मृत फेला परेका छन् ।
मृतक व्यक्ति गण्डकी मेडिकल कलेजका विद्यार्थी रहेकाे खुलेकाे छ । प्राप्त जानकारीअनुसार मृतक म्याग्दीका शिशिर केसी हुन् । उनले फेवातालमा हाम फालेका थिए ।
उनी गण्डकी मेडिकल कलेजबाट एमबिबिएस सकेर बसेका थिए । म्याग्दीकाे बेनी स्थायी घर भइ हाल पाेखराकाे रत्नचोक बस्दै आएका केसी मृत फेला परेका थिए ।
उनी पहिलेदेखि नै मानसिक समस्या झेल्दै आएकाे तथा औषधि सेवन गर्दै आइरहेको उनीसँगै पढ्ने सहपाठीले बताएका छन् ।