विराटनगर, फागुन २८ : महिला साफ च्याम्पियन्यसिप फुटबल प्रतियोगितामा नेपालले शानदार जित निकालेकाे छ । विराटनगरमा मंगलबार सुरु भएकाे खेलमा नेपालले भुटानलाई ३-० गोल अन्तरले पराजित गरेकाे हाे ।
नेपालकाे जितमा मञ्जलीकुमारी योञ्जन, स्ट्राइकर सावित्रा भण्डारी र निरु थापाले एक-एक गाेल गरे । खेल शुरु भएकाे १३ औँ मिनेटा मञ्जलीकुमारी पहिलो गोल गर्दै अग्रता दिलाउन सफल भएकी थिइन् । त्यसको तीन मिनेट नबित्दै नेपालका लागि स्ट्राइकर सावित्रा भण्डारीले गोल गर्दै २-० को अग्रता बनाउन सफल भयो ।

पहिलाे हाफमा २ गोल अग्रता बनाएकाे नेपालले दोस्रो हाफमा १ गोल थप्याे । नेपालले केही राम्रा अवसर पाए पनि आवश्यक तालमेलको अभावमा खेर फालेको थियो ।
खेलको दोस्रो हाफमा पनि नेपालले आक्रमक खेलेकाे थियाे। खेलको ५४ औँ मिनेटमा निरु थापाले गाेल गर्दै ३-० काे अग्रता बनाइन् । भारतमा भएको हिरोकपमा उपविजेता बनेको नेपाल यो पटक नेपाल घरेलु भूमिमा साफ फुटबलको उपाधि जित्ने लक्ष्यका साथ खेलिरहेको छ ।
च्याम्पियनसिपमा नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका र मालदिभ्स सहभागी छन्।