सांसद शान्ता चौधरी कार्यक्रमस्थलमै बेहोस

| 2019 Mar 12 | 03:19 pm 1841

दाङ, फागुन २८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक तथा संघीय सांसद शान्ता चौधरी अचानक बेहोस भएपछि अस्पतालमा भर्ना भएकी छन् ।

मंगलबार बिहान तुलसीपुरस्थित सरकारी वकीलको कार्यालय उद्घाटन कार्यक्रमलाई सम्वोधन गरेको केही समयपछि उनी बेहोस भएको जनाइएको छ ।

हाल उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको चौधरीका स्वकीय सचिव सन्तोष दहितले जानकारी दिएका छन् । दहितले भने, ‘अझैं रिपोर्ट आएको छैन, तर अहिले उहाँ बोल्न थाल्नु भएको छ ।’

सरकारी वकिलकै कार्यालयमा बेहोस भए लगतै चौधरीलाई तत्कालै नजिकैको राप्ती प्रादेशिक अस्पतलमा पुर्‍याइएको थियो । चौधरीलाई इमरजेन्सी वार्डको ७ नम्बर बेडमा राखेर उपचार भइरहेको अस्पतालले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.