तनहुँ, फागुन २७ : अवैध रुपमा सालका चिरान गरिएका काठहरु चोरी गरी लुकाइ राखेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ भानु नगरपालिका वडा नम्बर–८ का ५२ वर्षीय लक्ष्मी प्रसाद न्यौपाने रहेका छन् ।

चोरी गरेका काठहरु टौवा, धन्सार र अन्य स्थामा लुकाई छिपाई राख्ने गरेको भन्ने गोप्य सुचनाको आधारमा आज (सोमबार) बिहान १० बजेको समयमा उक्त स्थानमा प्रहरी टोली, स्थानिया मानिस, जनप्रतिनिधी र वन कार्यालयका कर्मचारीको रोहबरमा छापा हानेका थिए ।
साथै लक्ष्मी प्रसाद न्यौपानेले प्रयोग गर्दै आएको बुद्धि बहादुर सार्कीको धन्सार भित्र लुकाई छिपाई राखेको ३६ थान र निजको टौवा मुनि लुकाई छिपाई राखेको १६ थान गरी जम्मा ५२ थान अवैध सालको चिरान काठ फेला परेका थिए ।

उक्त अवैध काठलाई कानुनी रित पुर्वक बरामद गरी अवैध चोरीको काठ लुकाई छिपाई राख्ने लक्ष्मी प्रसाद न्यौपानेलाई नियन्त्रणमा लिइएको छ । उनलाई थप अनसुन्धान एवंम् कार्बाहीको लागी सव– डिभिजन वन कार्यालय भानु तनहुँमा बुझाईएको प्रहरीले बताए ।