खुकुरी लिई कुटपिट तथा तोडफोड गर्ने एक समुह प्रहरीको फन्दामा

रिपोर्ट नेपाल | 2019 Mar 10 | 06:32 pm 2280

तनहुँ, फागुन २६ : अनाधिकृत रुपमा  पसलमा पसी कुटपीट गर्ने एक समुहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ व्यास नगरपालिका वडा नम्बर–५ मोचावारीका १८ वर्षीय किरण थापा, १८ वर्षीय बिष्णु थापा, १८ वर्षीय मदन थापा, १८ वर्षीय साजन राना, १८ वर्षीय रुपेश सुनार रहेका छन् ।

उनीहरुले व्यास नगरपालिका वडा नम्बर–३ स्थित केहर सिंह आलेले संचालन गर्दै आएको ईमेज मोवाईल सेन्टरमा अनाधिकृत रुपमा प्रवेश गरी मोबाईल पसल संचालक केहर सिंह आले र कामदार बुद्धि बहादुर थापालाई कुटपिट गरी पसलमा समेत तोडफोड गरेका थिए ।

उक्त कार्यको कार्यालयमा जानकारी प्राप्त हुना साथ आवश्यक मद्दत सहित प्रहरी टोली खटिई गई पिडितहरुसँग समन्वय गरी घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरिएको प्रहरीले बताए ।

उनीहरुलाई आजै जिल्ला प्रशासन कार्यालय तनहुँबाट म्याद थप गरी अनुसन्धान भईरहेको जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.