इथियोपियामा १४९ जना यात्रु बोकेको विमान दुर्घटना

रिपोर्ट नेपाल | 2019 Mar 10 | 04:45 pm 1477

एजेन्सी , फागुन २६ : इथियोपियामा १४९ जना यात्रु बोकेको विमान दुर्घटनामा परेको छ । राजधानी आदिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि छुटेकाे बोइङ ७३७ दुर्घटनामा परेको बीबीसीले जनाएको छ । विमानमा १४९ यात्रुसहित ८ जना चालक दलका सदस्य रहेका खबरमा उल्लेख छ ।

302 नामकाे विमान राजधानी आदिस अबाबाबाट ६२ किलाेमिटर दक्षिण पूर्वमा रहेकाे बिस्फाेटु भन्ने ठाउँमा विष्फाेट भएकाे एअरलाइन्सले बताएकाे छ । आदिस अबाबाकाे बाेले एअरपाेर्टबाट बिहान ८ बजेर ३८ मिनेटमा उडेकाे विमानकाे ८ बजेर ४४ मिनेट जाँदा टावरसँग सम्पर्क विच्छेद भएकाे थियाे ।

दुर्घटनामा ठूलो संख्यामा हताहति भएको आशंका गरिएको इथियोपियाका प्रधानमन्त्री अभि अहमदले बताउनु भएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.