सार्वजनिक विदामा चलाइएका २९ सरकारी गाडी चालक ट्राफिक प्रहरी कारबाहीमा

| 2019 Mar 10 | 07:01 am 2029

काठमाडौँ, फागुन २६ : सरकारी कामको प्रयोजनका लागि प्रयोग गरिने सरकारी नम्बर प्लेटका गाडी सार्वजनिक बिदाको दिन पनि प्रयोग गरेको पाइयो । ट्राफिक प्रहरीले विनापास सरकारी तथा संस्थानका सवारी साधन चलाएको भन्दै २९ चालकलाई काराबाही गरेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले शनिबार विनापास सरकारी तथा संस्थानको सवारी चलाउने उक्त चालकलाई कारवाही गरेका थिए ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले सार्वजनिक बिदाको दिन पास नलिई सवारी चलाउने चालकलाई कारबाही गरेको बताए । महाशाखाले यही फागुन २४ गते पनि १७ सरकारी तथा संस्थानको सवारी साधनलाई नियन्त्रणमा लिएर कारबाही गरेको बताए ।

सार्वजनिक बिदाका दिनमा सरकारी तथा संस्थानका सवारी साधनलाई सम्बन्धी निकायबाट पास लिएर चलाउन महाशाखाले आग्रहसमेत गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.