बुटवल, फागुन २४ : परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले विप्लव समूह राजनीतिक आवरणमा हिंसात्मक गतिविधि र चन्दा असुलीको माध्यम बनेको अरोप लगाएका छन् । गुल्मी क्षेत्र नम्वर १ का जनप्रतिनिधिहरुलाई सम्बोधन गर्न शुक्रवार गृहजिल्ला गुल्मी आएका परराष्ट्रमन्त्री ज्ञवालीले सो कुरा बताएका हुन् ।
‘कसले चन्दा दियो, कसले दिएन भन्दै गरिने हिंसा राजनैतिक आवरण मात्रै हो’ उनले भने, ‘त्यस्ता गतिविधिले अन्तर्राष्ट्रिय लगानीकर्तालाई समेत तर्साउन खोजिएको छ, यसबाट मुलुकको हित हुँदैन र सरकारले त्यस्ता गतिविधि गरिरहन दिँदैन ।’
त्यस्ता हिंसात्मक गतिविधिले केहि मानिसहरुलाई केहि समय जुर्मुराउने बनाए पनि धेरै दिन नटिक्ने उनले बताए ।