दुर्गा सोवकाे प्रश्न : सुदूरपश्चिमकाे छाउपडी र मधेसकाे दाइजो प्रथा कहिले अन्त्य हुन्छ

रिपोर्ट नेपाल | 2019 Mar 08 | 03:28 pm 1378

काठमाडौँ, फागुन २४ : महिला अधिकारकर्मी तथा नयाँ शक्ति पार्टीकी सह संयोजक दुर्गा सोवले नेपालमा अझै पनि पुरुष र महिला समान हुन नसकेकोमा चिन्ता व्यक्त गरिन् । महिला दिवसको अवसरमा रिपोर्टर्स क्लब नेपालले गरेको विशेष साक्षात्कार कार्यक्रममा उनले पछिल्लो एक दशकमा राजनीतिक रूपमा महिलाले फड्को मारे पनि पर्याप्त नभएको बताएकी हुन् ।

सुदूरपश्चिम प्रदेशमा छाउपडी र मधेसमा दाइजो जस्ता कुप्रथाको अन्त्य हुन नसक्दा महिला हिंसा कायमै रहेको उनको भनाई थियो । नेपालमा महिला अधिकारकर्मीहरू आफू आबद्ध दलको आवश्यकतामा मात्रै आन्दोलन र संघर्षमा उत्रिने गरेको सोवको आरोप छ । स्वार्थ केन्द्रित आन्दोलनका कारण महिलाको हक अधिकार अझै पनि सुनिश्चित हुन नसकेको उनको तर्क थियो ।

उनले निर्मला पन्तको बलात्कारी अझै पनि पत्ता लाग्न नसकेकोमा असन्तुष्टि व्यक्त गरेकी छिन् । उनले हत्यारा पत्ता लागिसके पनि सरकारले सार्वजनिक गर्न नचाहेको हो कि आशंकासमेत व्यक्त गरिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.