सडकमा पार्क गरे ट्राफिकले हुकिङ लगाइदिने

| 2019 Mar 08 | 10:03 am 2841

काठमाडौं, फागुन २४ : आफ्नो निजी सवारी कार जीप, मोटरसाइकल वा अन्य यातायातका साधन जथाभावी पार्किङ गरेर तपाई कतै जानुहुन्छ भने तपाईको सवारी तपाई फर्कदा तपाईको सवारी साधन गुड्न नसक्ने अवस्थामा हुन सक्छ ।

सवारी धनी वा चालकले जथाभावी पार्किङ गरी सडकलाई अवरोध गरेको भन्दै ट्राफिक प्रहरीले त्यस्ता सवारीमा हुकिङ लगाइदिन थालेको छ ।

सवारी रोकेको लामो समय खोजिनिति गर्दा समेत चालक फेला नपरेपछि त्यस्ता सवारीमा ट्राफिकले कारबाही स्वरुप हुकिङ लगाउन शुरु गरेको छ ।

आज शुक्रबार बिहान प्रर्दशनीमार्गको पद्मोदय स्कुल अगाडि दुईवटा कारलाई ट्राफिकले लामो समय चालक खोज्दा फेला नपरेपछि हुकिङ लगाइदिएको थियो ।

यसरी हुकिङ लगाइदिएपछि बैंकमा गएर रु एक हजार जरीवानाको राजस्व बुझाएपछि मात्रै ति सवारी मुक्त हुने बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.