सहिद कृष्ण माविको शैक्षिक ज्ञान महायज्ञमा छैटौ दिनसम्म १ करोड १८ लाख रकम संकलन

रिपोर्ट नेपाल | 2019 Mar 07 | 09:30 pm 2798

तनहुँ(दुलेगौंडा), फागुन २३ : सहिद कृष्ण माविको शैक्षिक स्तरवृद्धि एवम् प्राविधिक शिक्षा सञ्चालनार्थ आयोजित श्रीमद् भागवत् धनधान्याञ्चल विराट शैक्षिक ज्ञान महायज्ञमा बिहिवार २० लाख ५० हजार ७ सय रुपैया संकलन भएको छ ।

सातौ दिनसम्ममा कुल १ करोड १८ लाख १५ हजार २ सय ९० रुपैयाँ संकलन भएको छ । विहिवार शुनपा–३ निवासी गणेश बहादुर रावतले १ लाख ५ सय ५, जाल्पा आमा समुह शुनपा–३, कालीम¥याले १ लाख ५० हजार २ सय २५, शुनपा–३ का रामचन्द्र भण्डारीले १ लाख १ हजार १ सय ११ रुपैया प्रदान गरे ।

यसैगरी शुनपा ३ की विष्णुमाया पौडेलले ५१ हजार १ सय ५१, शुनपा–९ को कार्यालयले १ लाख १२ हजार रुपैया, शुनपा–४ का कृष्णराज पण्डितले १ लाख २० हजार ६ सय ११ रुपैया दान गरे । शुनपा–४ स्थित सामुदायविक विद्यालय पञ्चमुनिदेव माविबाट ५५ हजार १ सय १५ रुपैया प्राप्त भएको आर्थिक तथा दान उत्प्रेरक उपसमिति संयोजक गजेन्द्र प्रसाद पौडेलले जानकारी दिए ।

यसैगरी सगुन कन्स्ट्रक्सन बुटवलका भिमेश्वर दासबाट १ लाख ११ हजार १ सय ११ रुपैया , शुनपा–३ का नारायण सिग्देलबाट ५१ हजार ५ सय ५१, कार्कीबाट ५५ हजार ५ सय ५५ रुपैया, शुनपा ३ की विष्णुमाया कुँवरबाट १ लाख ५ सय ५५ र शुनपा ३ का पावेल लम्सालबाट ५० हजार ५ सय ५० रुपैया प्राप्त भएको पौडेलले बताए ।

तनहुँको शुक्लागण्डकी–३, कवासेमा अवस्थित सो विद्यालयमा भागवत रसिक युवा गुरु श्री ऋषिराम महाराज जीको प्रमुख वाचकत्वमा जारी महायज्ञ फागुन २५ गतेसम्म सञ्चालन हुनेछ ।

महायज्ञमा दैनिक नित्य पुजा एवंम पाठपारायण, चेतनामुलक झाँकीसहितको संगीतमय कथा प्रवचन, लक्ष्यवर्तीदिप प्रज्वलन, पितृ उद्धार, चौरासी पुजा, ब्रतबन्ध, ग्रहशान्ती, तुलादान, दैनिक योग शिविर समावेश गरिएको प्रवक्ता परशुराम भण्डारीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.