कैलाली, फागुन २३ : जंगलबाट आएको बाघले आक्रमण गर्दा प्रहरीसहित दुईजनालाई घाइते बएका छन्। आज (बिहीबार) बिहान टीकापुर–१ ब्लक नम्बर–९ मा आएको बाघलाई घेरा हाल्ने क्रममा ट्राफिक प्रहरी र एक स्थानीय बालक घाइते भएको प्रहरीले जानकारी दिए ।
स्थानीयबासी गोपाल साउदको अरहर बारीमा पसेको बाघलाई स्थानीय प्रहरीले घेरा हालेका थिए। बाघले झम्टिँदा ट्राफिक प्रहरी देविभक्त धिताल र बालक सम्राट शाह घाइते भएका हुन् ।
उक्त बाघ नियन्त्रणका लागि बर्दिया राष्ट्रिय निकुञ्जबाट वनको टोली बोलाइको टीकापुर नगर पालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले बताए। यसरी बाघ वस्तीमा पस्न थालेपछि स्थानीय वासिन्दहरु त्रासित भएका छन् ।