बारा, फागनु २२ : अवैध रुपमा संचालन गरेको मदिरा र मदिरा बनाउने भट्टी प्रहरीद्वारा नष्ट गरिएको छ । आज बुधबार प्रहरी चौकी मटिअर्वाबाट खटिएको प्रहरी टोलिले कलैया उपमहानगरपालिका वडा नम्बर–१० खजुरि टोलमा उक्त अभियान संचालन गरेको हो ।
स्थानीयबासी लखन साह र फागुन साहले अवैध रुपमा संचालन गरेको भट्टी २ वटा र करिब १ हजार ६ सय लिटर मदिरा बनाउने कच्चा पदार्थ नष्ट गरिएको प्रहरीले जानकारी दिए ।