गुडिरहेको जीपको टायर पड्किँदा दुईको मृत्यु, तीन घाइते

| 2019 Mar 05 | 04:07 pm 1964

तनहुँ, फागुन २१ : गुडिरहेको जीपनको टायर पड्किँदा तनहुमा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् ।

पृथ्वी राजमार्गको घाँसीकुवास्थित जीप दुर्घटना हुँदा दुई यात्रुको मृत्यु भएको छ । तीन जना घाइते छन् । छिर्कनेबाट दमौलीतर्फ आउँदै गरेको ग १ ज २९०७ नम्बरको जीपको टायर पड्किँदा बन्दीपुर नगरपालिका–३ रामकोटका ७५ वर्षीय बुद्धिबहादुर थापा र जीप चालक व्यास नगरपालिका–१४ केशवटारका ३५ वर्षीय बिमल घर्तीमगरको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते उनीहरुलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको बताइएको छ । प्रहरीका अनुसार द्रुत गतिमा रहेको जीपको अगाडिको टायर पड्किएपछि असन्तुलित भई सडकबाट झण्डै ५० मिटर तल खसेको थियो । दुर्घटनामा अरु तीन जनाको दमौली अस्पतालमा उपचार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.