केन्द्रीय समितिले गरेको निर्णयप्रति ५६ जिल्ला सभापतिको आपत्ति

| 2019 Mar 05 | 03:11 pm 1993

काठमाडौं , फागुन २१ : महासमिति बैठकले सर्वसम्मत रुपमा पास भएका विधान लगायतका विषयलाई केन्द्रीय कार्यसमितिको पछिल्लो बैठकले उल्टाएको भन्दै नेपाली कांग्रेसका ५६ जिल्ला सभापतिले आपत्ति जनाएका छन् । उनीहरुले मंगलबार विज्ञप्ती गरि महासमिति भन्दा ठूलो केन्द्रिय कार्य समिति हुन नसक्ने भन्दै निर्णय पुर्नविचार गर्न आग्रह गरेका छन् ।

पुष २९ गते देखि माघ ९ गतेसम्म काठमाडौँमा सम्पन्न महासमिति बैठकमा पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले अधिकांश महासमिति सदस्यहरुको प्रस्ताव अनुसार विधानमा उल्लेखित स्वतः प्रतिनिधि सम्बन्धि प्रावधान हटाउन र समानुपातिक तथा आरक्षण कोटाबाट एकै व्यक्तिलाई दोहोर्याएर अवसरनदिने सम्बन्धि व्यवस्था बैठकबाट पास गरेको थियो ।

महासमितिले पास गरिसकेको सो विषयलाई केन्द्रिय कार्यसमितिको पछिल्लो बैठकले उल्टाएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् । पार्टी संगठन र पार्टी नेतृत्वको विश्वसनीयतालाई गम्भीर क्षति पु¥याउने निर्णय माथि पुनर्विचार नगरिए विशेष महाधिवेशनका लागि पहल गर्न बाध्य हुने विज्ञप्तीमा उल्लेख गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.