काठमाडौं, फागुन २१ नेपाली कांग्रेसका अधिकांश जिल्ला सभापतिहरुले महासमिति बैठकको भावना विपरीत विधान पास गरिएको भन्दै विशेष महाधिवेशन बोलाउने चेतावनी दिएका छन् ।
महासमिति बैठकका दौरानमा जिल्ला सभापतिहरुले उठाएको र सभापति शेरबहादुर देउवाले प्रतिबद्धता जनाएको विषय छलेर विधान पारित गरिएकोमा ५६ जिल्लाका सभापतिहरुले आपत्ति जनाएका छन् ।
केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि हुने प्रावधान तत्काल हटाउन माग गर्दै उनीहरुले अन्यथा विशेष महाधिवेशन बोलाउने चेतावनी दिएका छन् ।
नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसीले देशभरका महासमिति सदस्य र जिल्ला सभापतिहरुको भावनामाथि खेलबाड भएकोले संयुक्त वक्तव्य जारी गरिएको बताए ।
उनले सबै जिल्ला सभापतिहरु एजेण्डामा सहमत रहेको समेत दावी गरे । केन्द्रीय समितिले विधान सच्याउने तत्परता नदेखाएर विशेष महाधिवेशन बोलाउन वैधानिक प्रक्रियामा जाने केसीले बताए ।
संयुक्त वक्तव्य
नेपाली कांग्रेसको २०७५ पुष २९ गते देखि माघ ९ गते सम्म काठमाडौँमा सम्पन्न महासमिति बैठकमा पार्टी सभापति श्री शेर बहादुर देउवा र बरिष्ठ नेता श्री रामचन्द्र पौडेलले अधिकांश महासमिति सदस्यहरुको प्रस्ताव अनुसार विधानमा उल्लेखित स्वतन्त्र प्रतिनिधि सम्बन्धि प्रावधान हटाउन र समानुपातिक तथा आरक्षण कोटाबाट एकै व्यक्ति लाई दोहोर्याएर अवसर नदिने सम्बन्धि व्यवस्था थप गर्ने सम्बन्धमा एक्यवध्दता जनाउनुभएको थियो ।
यसरी महासमिति बैठक बाट पास भैसकेको बिषयलाई केन्द्रीय कार्यसमितिको पछिल्लो बैठकले उल्टाएको खबरले हामीलाई आश्चर्य चकित तुल्याएको छ । महासमिति भन्दा ठुलो केन्द्रीय कार्य समिति हुन सक्दैन भन्ने कुरालाई पूर्णतः उपेक्षा गरी पार्टी सभापति जस्तो गरिमामय पदको विश्वसनीयता समेत समाप्त गर्ने काममा केहि नेताहरु देखा पर्नु दुर्भाग्यपूर्ण हो ।
उक्त दुई बिषयलाई लिएर पार्टी केन्द्रीय कार्यालयको सचिवालयमा औपचारिक रुपमै दर्ता भएको ९द· न·९३० महासमिति सदस्यहरुको हस्ताक्षरलाई वेवास्ता गरी संसोधन प्रस्ताव नै नआएको जस्ता गलत प्रचारबाजीमा उत्रनु अझै हास्यास्पद छ । महासमिति बैठक र यसको निर्णयबाट उत्साहित भएका आम पार्टी सदस्यहरुलाई केन्द्रीय समितिको पछिल्लो निर्णयले निरास बनाएको छ । पार्टी संगठन र पार्टी नेतृत्वको विश्वसनीयतालाई गम्भीर क्षति पुर्याउने उक्त निर्णय माथि शिघ्र पूनर्विचार गर्न जोडदार माग गर्दछौ । अन्यथा बिशेष महाधिवेशनका लागि समेत पहल गर्न बाध्य हुनेछौ ।
जय नेपाल !
प्रदेश नम्बर १
१. लिला देवी बोखिम — ताप्लेजुंग
२. नरेन्द्र कुमार केरुङ्ग — पांचथर
३. हिमालय कर्माचार्य — ईलाम
४. उद्धव थापा — झापा
५. गोविन्द ढुंगाना — तेह्रथुम
६. नन्दमणि राई — भोजपुर
७. नरेश कुमार श्रेष्ठ — खोटांग
८. बिनोद बस्नेत — सोलुखुम्बु
९. राजिब कोइराला — सुनसरी
१०. डिग बहादुर लिम्बु — मोरंग
११. बिदुर बस्नेत — गाईघाट
१२. दिपेन कुमार श्रेष्ठ – संखुवासभा
प्रदेश नम्बर २
१. कृष्ण देव यादव — रौतहट
२. अजय दुवेदी — पर्सा
प्रदेश नम्बर ३
१. उज्जल बराल — सिन्धुली
२. मधु आचार्य — काभ्रे
३. लवश्री न्यौपाने — रामेछाप
४. बिकाश लामा — सिन्धुपाल्चोक
५. जगदीश नरसिंह केसी — नुवाकोट
६. दुर्लभ थापा — भक्तपुर
७. सबुज बानिया — काठमाडौँ
८. पेम्बा क्षिरिङ्ग लामा — रसुवा
९. रमेश धमला — धादिंग
१०. जित नारायण श्रेष्ठ — चितवन
प्रदेश नम्बर ४
१. बैकुण्ठ न्यौपाने — तनहुँ
२. कृष्ण केसी —कास्की
३. खम्ब गर्बुजा —म्याग्दी
४. यङ्गजीङ्ग बिष्ट —मुस्तांग
५. कुमार राणा —स्याङजा
६. बिष्णु प्रसाद लामिछाने —नवलपुर
७. भेष बहादुर पौडेल —लम्जुङ्ग
८. हरि ब घले —गोरखा
प्रदेश नम्बर ५
१. अर्जुन पोखरेल —परासी
२. बिर बहादुर राणा —पाल्पा
३. भुवन श्रेष्ठ —गुल्मी
४. बिष्णु प्रसाद खनाल९मुश्कान० —अर्घाखाची
५. सुरेन्द्र प्रसाद आचार्य —कपिलबस्तु
६. अम्मर प्रसाद भण्डारी — प्युठान
७. अमर सिंह पून —रोल्पा
८. केशर मान रोका —पूर्व रुकुम
९. किरण कोइराला —बाँके
१०. संजय गौतम — बर्दिया
प्रदेश नम्बर ६
१. खड्ग बहादुर शाही — मुगु
२. दिप बहादुर शाही —जुम्ला
३. हर्ष बहादुर बम —कालिकोट
४. कृष्ण कुमार बिसी — दैलेख
५. कमल राज रेग्मी —सुर्खेत
६. प्रेम प्रकाश ओली —पश्चिम रुकुम
७. गणेश बहादुर चन्द —सल्यान
८. दिपक जंग शाही — जाजरकोट
९. जयपति रोकाया —हुम्ला
१०. अंगत बुढा —डोल्पा
प्रदेश नम्बर ७
१. कर्ण बहादुर मल्ल —डडेल्धुरा
२. ललित सिंह बोहरा —दार्चुला
३. नरेन्द्र सिंह थापा —बैतडी
४. हर्क जंग बहादुर सिंह —बझांङ्ग