भक्तपुर, फागुन २० : पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारले प्रेस स्वतन्त्रता माथि अंकुश लगाएकाे आरोप लगाएका छन् ।
सोमबार नेपाली काँग्रेस भक्तपुर जिल्ला कार्यसमितिले आयोजना गरेको प्रजातन्त्रका सेनानी लीलाबहादुर पण्डितको प्रथम स्मृति सभामा बोल्दै सभापति देउवाले वर्तमान सरकारले प्रेस स्वतन्त्रता माथि अंकुश लगाउन खोजेको आरोप लगाएका हुन् ।
कार्यक्रममा सभापति देउवाले सरकारले फेसबुक, ट्विटर, युट्युब र अनलाइनलाई व्यवस्थित गर्ने नाममा साइबर क्राईमको आरोप लगाएर प्रेस स्वतन्त्रता हनन गर्न लागिपरेको बताए । प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामा हस्तक्षेप भए काँग्रेसले प्रतिवाद गर्ने उनले बताए ।
प्रजातन्त्र स्थापनाका लागि लीलाबहादुर पण्डितको योगदानको चर्चा गर्दै सभापति देउवाले पण्डितले देखाएको बाटो पहिल्याउने बताए ।