काठसहित एक जना तस्करी पक्राउ

रिपोर्ट नेपाल | 2019 Mar 04 | 01:11 pm 2161

कञ्चनपुर, २० काठ चोरी गर्दैगर्दा एक जनालाई वन कार्यालयले पक्राउ गरेको छ । पक्राउ पर्ने कृष्णपुर– ४ का भरत कामी रहेका छन् ।

उनलाई कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ स्थित हरियाली सामुदायिक वनबाट काठ तस्करी गर्दौगर्दा सब डिभिजन वन कार्यालय वाणीले आज (आइतबा) पक्राउ गरेको छ ।

उक्त वन क्षेत्रमा आराको सहायताले सालको काठको गोलिया काटिरहेको अवस्थामा कामीलाई सामुदायिक वनका पदाधिकारीको सहयोगमा पक्राउ गरिएको सव डिभिजन वन कार्यालय वाणीका प्रमुख विश्वराज पण्डितले बताए ।

सो काठ काटिरहेको ठाउँबाट सालको गोलिया, आरासमेत बरामद भएको छ । काठ काट्ने कार्यमा संलग्न अन्य छजना वन कार्यालयको टोलीलाई देखेर भागेकाले उनीहरुको खोजी गरिरहेका कार्यालय प्रमुख पण्डितले बताए । काठ काट्दै गरेको सालको रुखको केही भाग गायब पारिएकाले त्यसको समेत खोजी भइरहेको जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.