फेवातालमा खसेका प्याराग्लाइडरको मृत्यु

रिपोर्ट नेपाल | 2019 Mar 03 | 04:06 pm 1747

पोखरा, फागुन १९ : पोखराको सराङकोटबाट उडेको प्याराग्लाइडिङ फेवातालमा खसेर दुर्घटना हुँदा घाइते रोमानियाली पर्यटकको ज्यान गएको छ । ज्यान गुमाउनेमा अन्दाजी ४२ वर्षका रोमानियाका इद सिस जेर रहेको प्रहरीले जानकारी दिएको छ ।

आइतबार सराङकोटबाट बिहान ११ बजेतिर उडेको प्याराग्लाइडिङ ल्याण्ड गर्ने क्रममा हावाको वेगसँग तालमेल मिलाउन नसक्दा ११ बजेर २० मिनेट जाँदा तालमा खसेको थियो ।

तालमा खसेपछि शसस्त्रको उद्धार टोलीले र स्थनीय डुङ्गा व्यवसायीले उद्धार गरेर मेट्रोसिटी हस्पिटलमा पुर्‍याएका थिए । उनको आकस्मिक कक्षमा उपचारकै क्रममा ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.