मोटरसाइकल चोरी गर्ने उदयपुरका एक युवक प्रहरीको फन्दामा

रिपोर्ट नेपाल | 2019 Mar 03 | 01:54 pm 2300

  • तुल मगर

काठमाडौं, फागुन १९ : मोटरसाइकल चोरी गरी ल्याउँदै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर गाईघाट–२ घर भएका ३५ वर्षीय गंगाबहादुर तामाङ रहेका छन् ।

उनलाई बुढानिलकण्ठ नगरपालिका–१० कपनस्थित ह्याण्डबल ग्राउण्डबाट चोरी गरेको मोटरसाइकल सहित प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले चेकजाँच गर्ने क्रममा बा.९८ प ५०८६ नम्बरको मोटरसाइकल माण्डिखाटारबाट चोरी गरी ल्याउँदै गरेको अवस्थामा फेला पारी उनलाई महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.