सर्लाहीमा गोली चल्‍यो, एक युवकको हत्या

| 2019 Mar 03 | 10:34 am 2185

काठमाडौं, फागुन १९ : सार्लाहीको मंगलवामा अज्ञात समूहको गोली प्रहारबाट एकजनाको मृत्यु भएको छ ।

गोली प्रहारबाट ज्यान गुमाउनेमा स्थानीय ३० वर्षीय मनोज यादव रहेका छन् । प्रदेश नम्बर २ का डीआईजी हरि पालले घटनाको अनुसन्धान भइरहेको बताए । पालले भने,‘‘अनुसन्धान गर्दर्छौँ ।”

गएराति अज्ञात समूहले गोली प्रहार गरी उनको हत्या गरेको प्रहरीले जनाएको छ । “आफ्नै समूहका व्यक्तिले गोली हानेकि भन्ने आशंका छ,’’डीआईजी पालले भने । प्रहरीका अनुसार गोली लागि ज्यान गुमाएका यादव लागुऔषध सेवनकर्ता र अन्य अपराधका घटनामा समेत संलग्न देखिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.