अधिकारीको शव श्रद्धाञ्‍जलीका लागि पार्टी कार्यालयमा राखिने

| 2019 Mar 03 | 07:45 am 1519

 

काठमाडौं, फागुन १९: शनिबार राति निधन भएका पूर्वअर्धमन्त्री अधिकारीको शव श्रद्धान्‍जलीका लागि आइतबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहान ९-१२ बजेसम्म राखिने भएको छ ।

उनको शवलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णयका लागि आइतबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा आकस्मिक बैठक बोलाइएको छ ।

शनिबारै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नेताहरु वामदेव गौतम, ईश्वर पोखरे, विष्णु पौडेल, मन्त्रीहरुलगायत अस्पताल पुगेर परिवारका सदस्यहरुलाई समवेदना दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.