रहेनन् पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी

| 2019 Mar 02 | 10:37 pm 1740

काठमाडौँ, फागुन १८ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ ।

काठमाडौंस्थित ह्याम्स अस्पतालको भेन्टिलेटरमा राखी उपचारका क्रममा उनको आज (शनिबा) रातकाे ९:३५ बजे निधन अस्पतालले बताएको छ ।  ८३ वर्षीय अधिकारीको उपचारको क्रममा मृत्यु भएको छ । निमोनिया, श्वासप्रश्वास, मुटु लगायतका रोगबाट ग्रसित अधिकारी २ महिनादेखि अस्पतालमा भर्ना भएका थिए ।

नेता अधिकारी मुलुकको इतिहासकै कुशल अर्थमन्त्रीका रुपमा चिर परिचित व्यक्ति हुन् । उनी मनमोहन अधिकारी नेतृत्वको सरकारमा पहिलोपटक अर्थमन्त्री भएका थिए । उनले त्यसबेलाको वृद्धभत्ता र स्थानीय निकायमा विकास बजेट बिनियोजन योजना उनले नै गरेका थिए । त्यो कार्य अहिलेसम्म पनि लोकप्रिय कार्यक्रमका रुपमा रहिरहेको छ ।

नेता अधिकारी संसद विघटनपश्चात बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री भएका थिए । उक्त समयमा पनि उनले अस्पतालमा गएर सुत्केरी हुनेलाई भत्ता दिने व्यवस्था गरेका थिए । त्यही कार्यक्रम अहिले जनताको मन मस्तिष्कमा छाउँदै अस्पतालमा सुत्केरी हुनेले अहिले हिमालमा १ हजार ५ सय, पहाडमा १ हजार र तराईमा ५ सय रुपैयाँ पाउने गरेका छन्, यो उनकै जनमुखी कार्यले अहिले ठाउँ ओगटेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.