प्रसिद्ध सिद्धबाबा मन्दिर बेहुली झैं सिंगारिंदै

रिपोर्ट नेपाल | 2019 Mar 02 | 01:41 pm 4228

पाल्पा, फागुन १८ : पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको प्रसिद्ध सिद्धबावा मन्दिरलाई महाशिवरात्रि पर्वलाई लक्षित गरेर बेहुली झैं सजाउन थालिएको छ । मन्दिरका विभिन्न स्थानहरुमा रंगरोगन, मर्मतसम्हारलगायतका काम सम्पन्न गरिसकेको छ ।

यस मन्दिरमा भक्तजनलाई आवतजावत गर्न आज (शनिबार) देखि निःशुल्क बस सेवासमेत सञ्चालन गरेको मन्दिर विकास समितिका अध्यक्ष दलबहादुर गुरुङले जानकारी दिए ।

गत वर्षहरुमा महाशिवरात्रिको भेटीबाट बचत भएको रकम र अन्य स्रोतसमेत गरी २९ लाख बढीमा बस समितिले नै खरीद गरी सञ्चालन गरेको छ । अहिले हरेक दिन बिहान ५ बजे बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाबाट सञ्चालन हुने गरी बस व्यवस्थापन गरिएको छ ।

बसमा भजनकीर्तन र धार्मिक प्रवचन गर्ने व्यवस्थासमेत मिलाइएको अध्यक्ष गुरुङले जानकारी दिए । सिद्धबाबा मन्दिर बुटवलबाट करीब छ किलोमिटर उत्तरमा रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.