मुस्ताङमा हिम-पहिरो, स्थानीय बासी विस्थापित (फाटाेफिचर)

| 2019 Mar 02 | 11:51 am 2497

मुस्ताङ, फागुन १८  :  भारी हिमपातका कारणा मुस्ताङमा हिम पहिराे समेत गएकाे छ । लगातार  हिमपातले गर्दा केहि स्थानीय बासी विस्थापित समेत भएका छन् । मुस्ताङमा यस वर्ष दर्जन बढी आंशिक र भारी गरी हिमपात भएको हाे । यसको असर हिउँद महिनाभरि देखिएकाे छ ।

लगातार हिमपात भएपछि नजिकैको डाँडाकाँडा, बनजंगल र हिमाल बाक्लो हिउँले सेताम्य बनेको थियो । फलस्वरूप १६ गते बिहीबार  दिउँसो धौलागिरी हिमालको फेदबाट हिम पहिरो (खटी) आयो ।

महिनाभरि भारी मात्रामा हिउँ पर्नाले हिम पहिरो आएको हुन सक्ने बताइएको छ । हिमाल र डाँडाकाँडाले थेग्न नसक्ने गरी हिउँ परेमा पहिरोको रूप धारण गर्ने स्थानीयको भनाइ रहेको छ । करिब सय मिटरको दुरीमा आएको हिम पहिरोले अहिले नजिकैको दुईवटा बस्ती केही समयको लागि विस्थापित भएको छ ।

लामो समयपछि हिम पहिरो आएको उनीहरूले बताएका छन् । यसरी हिम पहिरो आउँछ होला भन्ने कल्पना समेत नगरेको स्थानीय गोविन्द शेरचनले बताए । दिउँसोको समयमा अचानक हिउँ उध्रेर पहिरोको रूप लिएपछि बस्ती नजिक भएका मानिस र पर्यटकहरू भागाभाग भएको थियो ।

‘केही छिनमै बाटो भरी हिउँको थुप्रो भयो । सवरी साधन ठप्प भयाे ।’ उनले भने, ‘मेरो घरभन्दा करिब सय मिटर पर हिम पहिरो आएकोले हामीलाई डरको आभास त भएन तर ज्यान जोगाउनु पर्‍यो ।’

उनले केहि समयकाे लागि बस्ती छाडेके पनि बताए । उनले भने, ‘अहिले हामी केही समयको लागि बस्ती छाडेका छौँ । पहिरोको त्रास कम हुने बित्तिकै आफ्नो व्यवसायमा पुनः फर्किहाल्छौँ ।’

अर्का स्थानीय बुद्धिरत्न तुलाचन पनि केही दिनको विस्थापित भएको बताए । हिम पहिरोकाे उच्च जोखिम कम भएपछि मात्रै घर फर्कने बताए । घरनजिकै आएको हिम पहिरोले जति बेला पनि दुखद् घटना निम्त्याउन सक्ने भएकोले बेलैमा सतर्कता अपनाएकाे बताए । उनी भन्छन्, अझै हिउँ पग्लेको छैन कति बेला हिउँ पहिरो आउने हो थाहा हुँदैन । त्यसैले बेलैमा सुरक्षित ठाँउमा अाएका हाैँ।’

हिम पहिरोको उच्च कारणा बेनी-कोराला सडकखण्डा बन्दा भएकाे छ । अहिले शर्मा गजरमुखी जेबि कम्पनीले सडक खुलाउने काम गरिरहेको छ । हिउँको थुप्रोले सवारी आवतजावतलाई पुरै ठप्प पारेपछि कम्पनीले आफ्नो व्यक्तिगत सहयोग गरेकाे हाे।

सय मिटर भन्दा लामो दुरीको हिउँ हटाउन करिब दिनभर लग्ने भएकाे छ । आन्तरिक तथा बाह्यपर्यटकलाई आवतजावातमा समस्या भएकाे छ । उक्त समस्या हटाउन लागिपरिरहेकाे कम्पनीका प्रोजेक्ट म्यानेजर राजन न्यौपानेले बताए ।

‘मुक्तिनाथ दर्शन लगायत मुस्ताङ घुम्न आएका आन्तरिक तथा बाह्य पयटकहरुलाइ बाटोमा समस्या नहोस् भनेर हामीले सडक खुलाउने काम गरेका हौँ ।’ उनले भने, ‘अब चाडै ने बाटो सहज हुने र आउजाउमा समेत समस्या हुँदैन, सडक स्तरवृद्धि सँगसँगै बाटोमा आउने जुनसुकै अवरोधको लागी हामीले रत्तीभर कमी आउन दिँदैनाैँ ।’

यसै गरी थासाङ गाउँ पालिका-३ कालोपानीका युवा समाजसेवी अविनाश गौचन थकालीले हिउँ पहिरो हटाउनको लागि धेरै मेहनत गर्नुपरेको बताए । उनले भने, ‘समाजसेवाको अभिन्न पाटो युवाहरू भएकोले हामीले कत्ति पनि ढिलाइ नगरी बाटोमा थुप्रिएको हिउँ हटायौँ, करिब ५/६ घण्टा भन्दा बढी समय खर्चेर डोजरको सहायताले बाटो खुलाउने काम गर्‍यौ ।’

बाटो खुलाउने काममा केही समस्या देखिएपछि शर्मा गजरमुखी जेबीलाइ सम्पर्क गरेर डोजर ल्याउने काम भयो । अहिले एकतर्फी मात्र भएपनी बाटो खुलाउने काम भएको छ । सवारी आवतजावतमा सहज भएको छ। उनले भने, ‘अब केही दिनमै बाटोमा जमेको हिउँ पग्लिएपछि झन्
आवतजावतमा सहज हुनेछ, अहिले हिउँ जमेको सय मिटर दुरीको हिउँ फालेपछी एकतर्फी बाटो खुलेको छ, अथक मेहनत र लगावले यो सम्भव भएको हो ।’

हेर्दा सामान्य लागेपनी भौगोलिक बनावट र हिउँ पहिरोको स्वरूप भयानक भएकोले अझै दोहोरो सवारी हिँड्न केही महिना लाग्ने उनले बताए । उनले भने, ‘बेनी देखी जोमसोमसम्मको जुनसुकै स्थानमा सवारी रोकिनु हुदैन ।’ यसमा सबै तह र स्थानीय बासीहरू लागिपर्नुलर्ने बताए।

पहिरो लगायत अत्यन्तै जोखिमपूर्ण स्थानहरूमा सवारी रोकिएमा ठुलो भौतिक क्षति हुनसक्ने भएकोले यसमा सबैले सोच्न जरुरी भएकाे समेत उनले बताए । यसमा युवाहरूले तदारुकता देखाए समस्याको समाधान हुनसक्ने उनको धारणा रहेको छ।

६ दिनअघि परेको हिउँ पग्लिन अझै १ हप्ता लाग्ने निश्चित छ । सबैभन्दा बाक्लो थसाङ गाउँ पालिका क्षेत्रमा परेको हिउँले स्थानीयलाई समेत समस्यामा पारेको छ । टुकुचेदेखी मिसिएको फेरो (घना जङ्गल) लेते क्षेत्रमा सबैभन्दा बाक्लो हिमपात भएकोले पग्लिन केही दिन अवश्य लाग्ने निश्चित देखिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.