शान्ति महिला समाजद्वारा प्रशिक्षण कार्यक्रम सम्पन्न

रिपोर्ट नेपाल | 2019 Mar 01 | 06:25 pm 3115

काठमाडौं, फागुन १७ : समाजमा रहेका विसंगति बिरुद्ध विभिन्न चेतनामुलक कार्यक्रम गर्दै आइरहेको शान्ति महिला समाज बुद्धनगरले आज शुक्रबार साइवर अपराध बिरुद्ध एक चेतनामुलक प्रशिक्षण कार्यक्रम समपन्न गरेको छ ।

समाजमा रहेका विभिन्न प्रकारका विकृति तथा विसंगतिहरुलाई चेतनामुलक कार्यक्रमको माध्यमद्धारा न्यूनीकरण गर्ने मुख्य उद्धेश्यका साथ नयाँ बानेश्वरको बुद्धनगरमा स्थापित शान्ति महिला समाजले शंखमुलस्थित रहेको एआइए विद्यालयमा कार्यक्रम गरको छ । उक्त प्रशिक्षण कार्यक्रममा समाजकी अध्यक्ष कृष्णा खरेलको अध्यक्ष्यतामा चेतनामुलक कार्यक्रम सम्पन्न भएको हाे ।

आजको युवा पुस्ता जानी नजानी साइवर जस्तो गम्भिर अपराधमा फस्दै गैरहेको विद्यमान अवस्थामा शान्ति महिला समाज बुद्धनगरले उक्त विद्यालयको कक्षा ८,९ र १० मा अध्यनरत विद्यार्थीहरुलाई साइवर अपराध सम्बन्धी चेतनामुलक प्रशिक्षण प्रदान गरेको छ ।

प्रशिक्षण दिने क्रममा साइवर अपराध भनेको के हो ? नेपालमा के कस्ता किसिमका साइवर समस्याहरु रहेको छ ? यसलाई नियन्त्रण तथा न्यूनीकरण गर्न के कस्ता समाधानका उपायहरु अबलम्बन गर्नु पर्दछ ? र साइवर अपराधमा संलग्नलाई हुने कानूनी कारवाहीको प्रकृया र व्यवस्थाको बारेमासमेत प्रशिक्षण दिइएको छ । कार्यक्रमको प्रशिक्षण प्रहरी निरीक्षक भोजराज पाण्डेयले दिएका थिए ।

उक्त कार्यक्रम समाजकी अध्यक्ष्य कृष्णा खरेलले गमलामा जल सेचन गरी उद्घाटन गरेका हुन । यस प्रशिक्षण कार्यक्रममा विद्यालयका प्रधानाध्यापकलगायतका अन्य व्यक्तिहरुले यस प्रकारको कार्यक्रमले अपराध रहित समाज निर्माणमा महत्वपूर्ण टेवा पुग्ने बताएका थिए ।

कार्यक्रमको समापन गर्दै समाजकी अध्यक्ष कृष्णा खरेलले शान्ति महिला समाजले निरन्तर रुपमा अन्य विद्यालय तथा संघ संस्थाहरुलाई समेत विभिन्न प्रकारको सचेतना कार्यक्रमको आयोजना गरिने बताए । कार्यक्रमको संचालन समाजकी कार्यसमिति सदस्य अमिता पियाले गरेका थिए भने उपाध्यक्ष्य मीरा थापाले स्वागत मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा विद्यार्थीहरुको साथै अभिभावक, कार्यसमिति सदस्यहरु र शिक्षक शिक्षिकाहरुले समेत सहभागीता जनाएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.