गुडिरहेको बसबाट हाम फाल्दा एकको मृत्यु

रिपोर्ट नेपाल | 2019 Mar 01 | 07:22 am 2913

धनकुटा, फागु १७: गुडिरहेको बसबाट हाम फाल्दा बिहीबार दिउँसो एकजना यात्रुको ज्यान गएको छ। धरानदेखि धनकुटा जाँदै गरेको को १ ७१६९ नम्बरको बस दिउँसो १२:३० बजे कोशी राजमार्गअन्र्तगत साँगुरीगढी गाउँपालिका-६ कात्तिके भन्ने ठाउँमा अनियन्त्रित हुँदा उनले हाम फालेका थिए।

दुर्घटना हुने डरले बसबाट हाम फाल्दा अन्दाजी ५० वर्षका यात्रुको मुत्यु भएको ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रहरी जवान दिपक खड्काले बताए।मृतक पुरुषको सनाखत हुन सकेको छैन।

बस रोकिएपछि भएको भागदौडको क्रममा दुईजना यात्रु समेत घाइते भएका छन्।उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भएपछि घर फर्किएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.