सरकारको निर्देशनलाई गुल्मीका सिडिओको लोप्पा

| 2019 Feb 28 | 08:45 pm 3758

गुल्मी, फागुन १६ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत सात जनाको बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी निधन प्रति सरकारले राष्ट्रिय शोकको घोषणा गरी सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

सरकारले सबै सरकारी कार्यालयहरुलाई आधा घण्टा ढिलोसम्म राष्ट्रिय झण्डा आधा झुकाई शोक मनाउन निर्देशन दिएको थियो । तर सरकारको निर्देशनलाई गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले लत्याई दिएका छन् ।

रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार सरकारले राष्ट्रिय शोक घोषणा गरेका दिन गृहमन्त्रालय मातहतका प्रमुख जिल्ला अधिकारी पौडेलले गुल्मीका गैर सरकारी संस्थाका कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थिति भएर खाँदा ओढ्दै हिडेका थिए ।

सरकार राष्ट्रिय शोकमा डुविरहेको बेलामा सरकारकै मातहतमा रहेका प्रमुख जिल्ला अधिकारी पौडेलले खाँदा लगाउँदै सम्मान लिएको देख्दा गुल्मी जिल्लाका स्वाभिमानी जनताले अचम्म मानेका थिए ।

प्रमुख जिल्ला अधिकारी जस्तो जिल्लाकै सरकारको प्रमुखका रुपमा रहेका व्यक्तिले सरकारको निर्देशनलाई कुल्चीदै खाँदा ओढेर हिड्ने कहाँसम्मको गैर जिम्मेवारी हो । यस प्रति सम्बन्धीत निकायको ध्यान जानु जरुरी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.