मृतकका शव श्रद्धाञ्जलीका लागि सैनिक मञ्च टुडिखेलमा राखिने

| 2019 Feb 28 | 02:12 pm 2524

काठमाडौं, फागुन १६ : ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेकपा केन्द्रीय सदस्य रवीन्द्र अधिकारीसहित अन्य सबै मृतकको शव श्रद्धाञ्जलीका लागि अपरान्ह ३ बजेदेखि सैनिक मञ्च टुँडिखेलमा राखिने भएको छ ।

नेकपाका महासचिव बिष्णु पौडेलले जारी गरेको एक विज्ञप्तिमा पोष्टमार्टम गरिसकेपछि श्रद्धाञ्जलीका लागि मृतकका पार्थिव शरीर सैनिक मञ्च टुँडिखेलमा राखिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अपरान्ह ३ बजेपछि हुने श्रद्धाञ्जलीमा सहभागी हुन सबैमा आग्रहसमेत गरेको छ । सथै मन्त्री अधिकारीको अन्त्येष्टि भने फागुन भोली शुक्रबार उनको गृहनगर पोखरामा हुने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.