काठमाडौं, फागुन १६ : काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा हिमपात भएको छ । उपत्यकाको भक्तपुर, ललितपुर र काठमाडौंकै आसपासका डाँडाहरुले हिउँको घुम्टो ओढेको छ।
यसअघि पनि लगातार तीनसम्म भएको वर्षाका कारण उपत्यकाका डाँडाहरु सेताम्य भएका थिए। उपत्यकालाई हिउँले ढाकेपछि राजधानीमा चिसो बढेको छ।
आज दिउँसो देशको पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आशिंक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा उल्लेख छ । देशको पूर्वी भूभाग लगायत मध्य र पश्चिम पहाडी भूभागका केही स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको जनाइएको छ । देशका उच्च हिमाली भूभागहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।





