विदेशबाट आएका यात्रुसँग सुन सङ्कलन गर्दै गर्दा विमानस्थलमा एक पक्राउ

रिपोर्ट नेपाल | 2019 Feb 27 | 07:12 pm 1694

काठमाडौँ, फागुन  १५ : महानगरीय प्रहरी अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

सुरक्षा कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पार्किङ क्षेत्रबाट अवैध सुनसहित प्यूठानका दीपकबहादुर खत्रीलाई आज दिउँसो पक्राउ गरेको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता पूजा सिंहले विदेशबाट आएका यात्रुसँग सुन सङ्कलन गर्दै गर्दा पक्राउ गरिएको जानकारी दिनुभयो । प्रहरीले पक्राउ खत्रीसँग सुनका तीन वटा बालासमेत बरामद गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.