पर्यटनमन्त्री अधिकारी सवार हेलिकाेप्टर ताप्लेजुङमा दुर्घटना

| 2019 Feb 27 | 02:19 pm 2144

ताप्लेजुङ,  फागुन १५ :  संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी सवार हेलिकाेप्टर दुर्घटनामा परेको छ । काठमाडौँबाट ताप्लेजुङ जाँदै गरेको एयर डाइनेस्टीको उक्त हेलिकाेप्टर चुहानडाँडामा दुर्घटनामा परेको हाे।

मन्त्री अधिकारीसहित ६ जना चढेको एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटना परेकाे  जनाइएको छ ।

दुर्घटनाा परेको हेलिकप्टरमा पर्यटन मन्त्री अधिकारी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका सरकारी स्वकीय सचिव युवराज दाहाल , अर्जुन कुमार घिमिरे र वीरेन्द्र प्रसाद श्रेष्ठसहित ६ जना सवार रहेका बताइएको  छ। अन्य विवरण आउन बाँकी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.