दोलखा र सिन्धुपाल्चोकमा भुकम्पको धक्का

रिपोर्ट नेपाल | 2019 Feb 26 | 06:05 pm 1857

काठमाडौँ, फागुन १४ : दोलखा र सिन्धुपाल्चोकमा परकम्प गएको छ । दोलखामा दिउँसो सवा ४ बजे ४ दशमलब ४ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यस्तै सिन्धुपाल्चोकमा दिउँसो ४ बजेर २० मिनेटमा ४ दशमलब १ रेक्टर स्केलको परकम्प गएको छ ।

यो, २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७ दशमलब ८ रेक्टर स्केलको भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ । गोरखा भूकम्पपछि अहिलेसम्म ५१३ पटकसम्म परकम्प गएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.