सरकार सहिदको सपना पुरा गर्न तल्लीन छ : गृहमन्त्री थापा

| 2019 Feb 26 | 02:44 pm 2170

काठमाडौँ, फागुन १४ :  गृहमन्त्री राम बहादुर थापा (बादल)ले सहिदले देखाएको मार्गमा अघि बढिरहेको बताएका छन् । जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री थापाले सो कुरा बताएका हुन् ।

उनले सहिदहरूको बलिदानीले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएको उल्लेख गर्दै सहिदहरूले देखाएको बाटोबाटै समाजवाद निर्माणको आधार तय गर्दै अघि बढ्ने संकल्प गरे ।

सहिदहरूको सपना, त्याग र बलिदानबाटै मुलुकमा राजनीतिक तथा सांस्कृतिक परिवर्तन सम्भव बताउँदै सरकार सहिदको सपना पुरा गर्न तल्लीन रहेको बताए ।

मुलुक समृद्धि अभियानमा उन्मुख भएको उल्लेख गर्दै समृद्ध नेपाल सुखी नेपाली सहिदहरूको चाहना भएकाले अहिलेको सरकार सहिदको सपना पुरा गर्न तल्लीन रहेको दाबी गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.