बैदेशिक रोजगारी ठगीमा दाहाल जेल चलान

रिपोर्ट नेपाल | 2019 Feb 24 | 04:11 pm 1901

काठमाडौं, फागुन १२ : केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैदेशिक रोजगार ठगी मुद्दाका एक अभियुक्तलाई पक्राउ गरेको छ । रिपोर्ट नेपाललाई सिआइबीबाट प्राप्त समाचार अनुसार सिन्धुपाल्चोक शिखरपुरका भरत भन्ने भिमप्रसाद दाहाललाई पक्राउ गरिएको हो ।

हेमलाल गौतमको जाहेरीले दाहाललाई २०७४ पुस ३० गते बैदेशिक रोजगार न्यायाधिकरणले १ लाख ५० हजार जरिवाना र ६ महिना कैद सुनाएको थियो । न्यायाधिकरणको फैसलापछि फरार दाहाललाई सिआइबीले पक्राउ गरेको हो ।

अनुमतिपत्र बिना कोरिया पठाइदिने प्रलोभन देखाएर दाहालले भिमप्रसाद गौतमलाई ठगी गरेका थिए । लामो समयदेखि प्रहरीको खोजीको सूचिमा रहेका दाहाललाई ब्यूरोले नयाँ बानेश्वरबाट पक्राउ गरेको थियो ।

कोरियाको प्रलोभन देखाएर तीन लाख ५० हजार लिएका गौतमले कोरिया नपठाई ठगी गरेपछि गौतमले न्यायाधिकरणमा मुद्दा दर्ता गरेका थिए । जाहेरवाला भिमप्रसाद गौतमलाई न्यायाधिकरणले हर्जनासहित ५ लाख २५ हजार दिलाइ दिने फैसला गरेको थियो ।

पक्राउपछि काठमाडौं जिल्ला अदालतमा पेश गरिएका दाहाललाई अदालतको आदेशले कैद भुक्तानका लागि केन्द्रीय कारागार सुन्धारा चलान गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.