प्रदेश नम्बर ५ का सांसद वलीको निधन

रिपोर्ट नेपाल | 2019 Feb 22 | 10:55 am 2025

काठमाडौँ, फागुन १० : सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका प्रदेश ५ का सांसद उत्तरकुमार ओलीको आज शुक्रबार उपचारका क्रममा निधन भएको छ ।

उनी गत माघ २४ गते सवारी दुर्घटनामा परि गम्भिर घाइते भएका थिए । ललितपुरथित मेडिसिटी अस्पतालमा उपचाररत सांसद ओलीको आज बिहान साढे २ बजे निधन भएको उनको पारिवारीक स्रोतले जनाएको छ ।

उनी बुटवलबाट गृहजिल्ला दाङ्ग जाँदै गरेको अवस्थामा लमहीतर्फ आउँदै गरेको ना ख ५५२९ नम्वरको यात्रुबाहक बस र सांसद ओली चढेको बा १८ च ६८३६ नम्वरको कार घोराही–३ को मसोटपुल नजिकै ठोक्किएर दुर्घटना हुँदा ओली गम्भीर घाईते भएका थिए । बसमा सवार रुकुम खलांगा–२ मुसिकोटकी २६ वर्षीया रमिता शर्माको भने बसले च्यापेर मृत्यु भएका थिए ।

सांसद ओलीको शव ९ देखि १० बजेसम्म पार्टी कार्यालय धुम्बाराहीमा राखी र आजै  गृह जिल्ला दाङ लगिने तयारी गरिएको स्रोतले जनाएको छ । सांसद वली नेकपाकातर्फबाट दाङ क्षेत्र नम्बर ३ (ख) बाट प्रदेश सांसदमा निर्वाचित भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.