सम्झौतापत्रमा हस्ताक्षरपछि ट्रमले किमलार्इ भने , ‘हि इज भेरी स्मार्ट’

रिपोर्ट नेपाल | 2018 Jun 12 | 12:12 pm 3373

सिंगापुर , जेठ २९: ऐतिहासिक वार्तासँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनले संयुक्त दस्तावेजमा हस्ताक्षर गरेका छन् । संयुक्त दस्तावेज हस्ताक्षर गर्नुअघि अमेरिकी राष्ट्रपति ट्रम्पले निकै राम्रो कुराकानी भएको बताए । कोरियासँगको सम्वन्ध विगतभन्दा अर्को अवस्थामा पुगेको उनले बताए ।

वार्तापछि दुवै नेताले दुर्इ देशबीचकाे सम्बन्ध अब नयाँ शिराबाट सुरू भएको प्रतिकृया दिएका थिए ।

दस्तावेजमा हस्ताक्षर गरीसकेपछि दुवै नेताले हात मिलाए । फोटो सेसनका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम निकै चलाख भएको बताउँदै भने, ‘हि इज भेरी वर्थी, स्मार्ट, भेरी नेगोसियटर’ ।

उत्तर कोरियाली नेता किमले विगतलाई छाडेर अघि बढेको र विश्वले आश्चर्यजनक परिवर्तन पाएको बताए । सिंगापुरको सान्तोसा द्वीपमा क्यापेला होटलमा करिब ४८ मिनेटसम्म भएको ऐतिहासिक वार्ताको अन्तिममा किमले ट्रम्पलाई अंग्रेजीमा ‘नाइस टु मिट यु, मिस्टर प्रेसिडेन्ट ’ भनेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरमा भएको भेटवार्ताको समाचारले संसारभरका सञ्चारमाध्यममा प्राथमिकता पाइरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.