काठमाडौं, फागुन ९ : काठमाडौं महानगरपालिका–२६ गंगबु चोकस्थित काठमाडौं डिजिटल फोटो स्टुडियोबाट नक्कली परिचयपत्र बनाएको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्टुडियोका संचालक लम्जुङ बेशीसहर नगरपालिका–१ का ५२ वर्षीय ओमबहादुर पाण्डे र तनहुँ भानुमति–२ का २५ वर्षीया पमिसा श्रेष्ठ रहेका छन् ।
उनीहरुलाई वैदेशिक रोजगारी विभागमा पेस गरिने परिचयपत्र उक्त स्टुडियोमा नक्कली छापेको भन्ने सूचनाको आधारमा पक्राउ गरिएको हो ।
महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नक्कली परिचयपत्र सहित पक्राउ गरिएको हो । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।