काठमाडौं, फागुन ८ : सुनको भाउ आज तोलामा ६ सय रुपैयाँ बढेर ६३ हजार ३ सय रुपैयाँ पुगेको छ । आज सुन ५ वर्षपछिकै महंगो भएको हो । मंगलवार ६२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलाको ६३ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ ।
यसअघि २ हजार ७० साल भदौ १२ गते सुनको भाउ अहिलेसम्मकै महंगो तोलाको ६३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसपछि घटेर तोलाको ४७ हजार रुपैयाँसम्म झरेको सुनको भाउ केही महिनादेखि बढेर आज ६३ हजार ३ सय पुगेको हो ।
चीन र अमेरिकाबीचको व्यापारिक तनाव र अमेरिकामा घोषणा गरिएको संकटकालका कारण डलर कमजोर भएपछि सुनमा लगानी गर्नेको संख्या बढेका कारण महंगो भएको बताइएको छ । त्यसैगरी तोलामा ५ रुपैयाँ बढेर आज चाँदीको मूल्य ७ सय ८५ रुपैयाँ पुगेको छ ।