वडा थप गर्न चौथो गाउँ परिषदबाट प्रस्ताव

रिपोर्ट नेपाल | 2019 Feb 20 | 01:03 pm 1518

रसुवा, फागुन ८ :  ठूला ठूला पहाड, खोला नाला, लेक बेँसी, पहाडी भु–बनोट जस्ता भौगोलिक विकटताका कारण ग्रामीणवासीलाई सेवा दिन नसकेको भन्दै कालिका गाउँपालिकाले वडा थप गर्ने प्रस्ताव गरेको छ ।

कालिका गाउँपालिकाका अध्यक्ष सीतादेवी पौडेल अधिकारीका अनुसार वडा नम्बर–१ को राम्चे र वडा नम्बर–५ को जिवजिवे क्षेत्रको भूभाग तथा वडा नम्बर–४ को धुसेनी, रूप्सेपानी, घडेरीडाडा, भदौरे क्षेत्रमा साविक कायम वडा सिमानालाई परिमार्जन गरी दुई वडा थप गर्न हालै सम्पन्न गाउँपालिकाको चौथो गाउँ परिषदबाट प्रस्ताव पारित गरिएको छ ।

थप गर्न लागिएको वडा क्षेत्रमा भएको प्राकृतिक स्रोत, सेवाग्राहीको सहजता, जनसङ्ख्यासमेत विषेशज्ञद्वारा स्थलगत अध्ययन एवं रेखाङ्कन गराई वडा थप गर्ने व्यवस्थाको लागि प्रदेश सरकारमार्फत केन्द्रीय सरकारसमक्ष अनुरोध गरिएको अध्यक्ष पौड्लले बताए । वडा थपको स्वीकृत हुनसके राम्चेका बासिन्दाले ठूलो राहत मिल्ने त्यस क्षेत्रका बासिन्दाले अपेक्षा राखेका छन् ।

गाउँपालिकाको चौथो परिषद्ले वडा थपको अलावा स्वास्थ्य सेवा व्यवस्थित गर्न र एकीकृत सम्पत्ति करमा समेत कायम गरी समयसापेक्ष सहज तथा सुलभ बनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.