नुहाउन गएकी १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक पक्राउ

रिपोर्ट नेपाल | 2019 Feb 19 | 05:55 pm 2171

ओखलढुंगा, फागुन ७ : ओखलढुंगामा एक बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मानेभज्याङ गाउँपलिकाका २४ वर्षीय राम बहादुर राई रहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।

राईलाई सोही स्थानका अन्दाजी १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरिक्षक शरण कुमार दाहालले बताए ।  अभियुक्त राईले गत आइतबार दिउासो नुहाउन पँधेरोमा गएका बालिकालाई जबरजस्ती करणी गरेको पीडित पक्षको दाबी छ ।

किशोरी नुहाउनका लागि खोला छेउको पँधेरोमा जादाँ अभियुक्त राईले जबरजस्ती करणी गरेको पीडितको भनाइ छ । जबरजस्ती करण गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यलयमा जाहेरी दिएपछि राईलाई पक्राउ गरिएको प्रहरी निरिक्षक दाहालको भनाइ छ ।

हाल अभियुक्त राईलाई प्रहरी हिरासतमा राखेर घटनाको बिषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.