काठमाडौँ, फागुन ६ : रूपन्देही च्यालेन्जर्स धनगढी प्रिमियर लिगको प्ले अफमा प्रवेश गर्न सफल भएको छ । बाहिरिसकेको धनगढीलाई ३९ रनले हराउदै रूपन्देही च्यालेन्जर्स प्ले अफमा पुग्ने दोस्रो टिम बन्यो । हुस्सुको कारण १५ ओभरमा घटाइएको खेलमा टस जिती रूपन्देही च्यालेन्जर्सले पहिले ब्याटिङ गर्ने निर्णय गर्यो ।
१५ ओभरमा रूपन्देही च्यालेन्जर्सले सम्पुर्ण विकेटको नोक्सानीमा दुई सय छ रन जोडयो । यो खेलमा पनि ओपनर प्रदीप सिंह ऐरीको प्रदर्शन निराशाजनक रहयो । उनी गोल्डेन डक आउट भए । लगत्तै बबर हयात पनि १९ रनमा पेबिलियन फर्कदा टिमले २५ रन बनाएको थियो । यसपछि बिनोद भण्डारी र सुमित महर्जनले तेस्रो विकेटकोलागि ५७ रनको साझेदारी गरे ।
सुमितले सर्वाधिक ३३ रन बनाउदा बिनोद भण्डारी २४ रनमा आउट भए । बलिङमा सोमपाल कामी र बिपिन खत्रीले २र२ विकेट लिए। जवाफमा २ सय सात रनको विजय लक्ष्य पछाएको धनगढी स्टार्स १४ ओभरमा सम्पुर्ण विकेट गुमाएर ६७ रनमा समेटियो । पवन सराफले १५, सोमपाल कामीले ११ र सन्दीप रजाइलीले १० रन जोडदा अन्य खेलाडीले दोहोरो रन छुन सकेनन् ।
बलिङमा ललित भण्डारीले तीन र बिक्रम सोबले २ विकेट लिए । यसरी ३९ रनको जितमा पाँच खेल खेली तेस्रो जितका साथ छ अंक बनाई रूपन्देही च्यालेन्जर्सले प्ले अफमा स्थान बनाएको हो । जितबिहिन भएर मात्र १ अंकमा समेटिएर धनगढी पुछारमा रहदै बाहिरियो ।